शीर्ष नेताहरुसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता
शुक्रबार, ११ जेठ २०८१, २२ : २४

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी छन् ।
महासचिव डा कल्लामार्डले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी हुन् ।
शीर्ष नेतृत्वसँगको महासचिव कल्लामार्डले मानवअधिकार, सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकार लगायत विषयमा छलफल गरेकी थिइन् ।
उनले प्रधानमन्त्री प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटार, अध्यक्ष ओलीसँग ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय र सभापति देउवासँग बुढानिलकण्ठस्थित देउवा निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु