शीर्ष नेताहरुसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता
शुक्रबार, ११ जेठ २०८१, २२ : २४
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी छन् ।
महासचिव डा कल्लामार्डले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी हुन् ।

शीर्ष नेतृत्वसँगको महासचिव कल्लामार्डले मानवअधिकार, सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकार लगायत विषयमा छलफल गरेकी थिइन् ।
उनले प्रधानमन्त्री प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटार, अध्यक्ष ओलीसँग ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय र सभापति देउवासँग बुढानिलकण्ठस्थित देउवा निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण