सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

हास्यव्यङ्ग्य कलाकार एवं कवि श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ गीत सार्वजनिक (भिडियो)

आइतबार, १३ जेठ २०८१, १० : ५४
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । हास्यव्यङ्ग्य कलाकारितामा नाम कमाएका श्रीकृष्ण सिम्खडाले ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय कवि तथा गीतकारको रूपमा समेत सशक्त उपस्थिति देखाउँदै आएका सिम्खडाले आफ्नो युट्युब च्यानल Shreekrishna Simkhada मार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गरिएको गीतमा स्वर, शब्द र सङ्गीत सिम्खडा आफ्नै रहेको छ । गीतको म्युजिक एरेन्ज वरिष्ठ गायक तथा संगीतकार सञ्जय खड्गीले गरेका छन् ।

हास्यव्यङ्ग्य कलाकार र कविको पहिचान बनाएका सिम्खडाले पहिलो पटक आधुनिक गीत गाएको बताएका छन् । आफूले गीतमार्फत विश्वमा बढेको शक्तिको होडबाजीलाई रोक्न सिर्जनामार्फत सन्देश दिन खोजिएको उल्लेख गरेका छन् । 

गीत सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गायक सिंखडाले भने, ‘गीत मार्फत मैले केही सन्देश दिन खोजेको छु । सबै जित्नमात्रै दौडिरहेको र हार्न कोही तयार नभएको विश्व परिवेशलाई आत्मसात् गर्दै शान्तिका लागि बुद्ध जन्मेको देशबाट सबैलाई एकचोटी हारेर जित्न गीतमार्फत आह्वान गरेको हुँ ।’

यसअघि पनि उनले हरेक गाईजात्राको अवसरमा कुनै न कुनै प्यारोडी गीत ल्याउने गरेका थिए । सिंखडाले प्यारोडी गीत मार्फत देशमा भइरहेका विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन् । 

सिम्खडाका यसअघि ‘श्रीकृष्ण सिम्खडाका कविता सङ्ग्रह, भाग–१ र भाग–२’ पनि प्रकाशित भइसकेका छन् । यसअघि उनी लामो समय सार्वजनिक शौचालय सरसफाइ अभियानमा समेत संलग्न गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप