सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद्को गतिरोध हटाउन पहल गर्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण

आइतबार, १३ जेठ २०८१, ११ : ५१
आइतबार, १३ जेठ २०८१

काठमाडौँ ।  नेकपा (समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेपालले ध्यानाकर्षण गराएका हुन् । 

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने कुरा पनि पार्टी अध्यक्षले राख्नुभयो’, एकीकृत समाजवादीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध हटाउने विषयमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी सहमतिको वातावरण बनाइदिन आग्रह गरेका थिए । तर सहकारी ठगीमा व्यक्तिको नाम, संस्था र पद उल्लेख गरी संसदीय छानबिन समिति गठन नभएसम्म सहमति हुन नसक्ने कांग्रेसको अडान यथावत् रहेको छ । शनिबार सत्ता पक्षले समस्याग्रस्त सहकारीको नाम उल्लेख गरेर समिति गठन गर्न सकिने नयाँ प्रस्ताव राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप