मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रस्ताव सम्बोधन नगरी निर्णय ल्याउने तयारी

आइतबार, १६ वैशाख २०७५, ११ : ५०
आइतबार, १६ वैशाख २०७५

काठमाडौं–काँग्रेस सभापति शेरवहादुर देउवाइतरसमूहको माग सम्वोधन नगरि काँग्रेस केन्द्रीय समितिको वैठक टुंगिने भएको छ । 

चैत ९ देखि निर्वाचन समीक्षाको लागि डाकिएको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षले हारको जिम्मेवारी सभापतिले लिनुपर्ने अडान राख्दै आएका छन् । 

निर्णयार्थ पेश गर्न लागिएको महामन्त्रीको प्रस्तावमा सहमति जुटाउनको लागि आज पनि नेताहरुको अनौपचारिक वैठक वसिरहेको छ । 

निर्णयहरुमा सहमति हुन नसक्दा ९ वजे वोलाइएको वैठक ढिला भएको छ । विमति टुङ्याउन  शिर्ष नेताहरुको वैठक वसिरहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए ।    

यस अघि, केन्द्रीय कार्यसमितिको वैठक शनिवार समापन गर्ने प्रयास विमतिका कारण सम्भव भएको थिएन । 

पौडेल र सिटौला पक्षले निर्वाचन पराजयको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने अडान लिएका थिए भने देउवाले पराजयको दोष सभापतिको मात्रै नभएको जिकीर गरेका थिए । 

शनिवार विहान  ९ वजेका लागि वोलाइएको वैठक सहमति जुटाउने प्रयासका लागि दिउँसो ३ वजे बोलाइएको थियो । शिर्ष नेताहरुको साँझ ७ सम्म वसेको वैठकमा सहमति पहिल्याउन नसकेपछि वैठकै नवसि स्थगित गरिएको थियो । देउवा इतर समुहले निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने, विधान विपरित गठन भएका समितिहरु भंग गर्नुपर्ने, महासमिति र जिल्ला सभापतिको भेला छिटो वोलाउनुपर्ने माग गरेका छन् । 

सभापति पक्षका नेताहरुले भने महासमतिीको वैठक तत्काल वोलाउन सम्भव नभएको वताएका छन् । विधान मस्यौदा समितिको सुझाव अनुसार छलफल गर्न समय लाग्ने भएकोले भदौ पछि मात्रै महासमितिको वैठक उपयुक्त हुने वताएका छन् । विधान मस्यौदा समितिको संयोजकका विषयमा पनि विवाद रहेको वताइएको छ । निर्वाचन प्रयोजनका लागि गठन भएका समितिहरुको हाल उपादेयता नरहेकोले भंग गर्न आवश्यक नरहेको देउवा निकट नेता विर वहादुर वलायरले वताए । वर्षात्को समयमा महासमिति सदस्यहरु वैठकमा उपस्थित हुन समस्या पर्ने भएकोले वर्षात् पछि मात्रै वैठक डाक्नुपर्ने उनले वताए । वलायरले काँग्रेस नहारेको भए इतर समुहले विषय उठान नै नगर्ने जिकीर गरे । सवै समितिमा आफुहरु पनि वस्ने, निर्णय गर्दा सहमति जनाउने तर निर्वाचन पराजयको दोष एक व्यक्तिलाई थोपर्न मिल्छ ? उनले प्रश्न गरे । 
पौडेल र सिटौला पक्षका नेताहरुले निर्णयहरुमा सहमति हुन नसके नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका थिए । सहमतिका लागि सभापति देउवा, पौडेल,प्रकाशमान सिंह,विमलेन्द्र निधी , विजय गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा जुटेका थिए । युवा सदस्यहरुको प्रस्तावहरु सम्वोधन नभए नोट अफ डिसेन्ट लेख्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले वताए । ‘युवाहरुका तर्फवाट प्रस्तुत संयुक्त प्रस्तावलाई सम्वोधन नगरिएर नोट अफ डिसेन्ट लेखि हाम्रा प्रस्ताव महासमितिको वैठकमा पेश गर्छौँ ।’ भण्डारीले भने । 

महामन्त्री शशांक कोइरालाले निर्णयार्थ वैठकमा प्रस्ताव पेश गरेपछि वैठकले पारित गरि सभापतिले जवाफ दिएर वैठक आज सकिने वताइएको छ । निर्वाचन पराजयको जिम्मेवारी, महासमिति वैठक, विधान विपरितका समिति भंग लगायतका निर्णयहरुमा सहमति नबनेको पौडेल निकट एक नेताले वताए । पौडेल पक्ष महासमितिको वैठक असार पहिलोे साता भित्र  वैठक वोलाउनुपर्ने अडानमा छ भने देउवा पक्षीय नेताहरु भाद्र वा असोजमा वैठक डाक्ने मनस्थितीमा छन् । चुनावी जिम्मेवारीको निर्णयमा भाषा मिलाउन वाँकी रहेको वताउँदै देउवा निकट मिन विश्वकर्माले भने ‘भाषागत विवाद हो,मिल्छ ।’ वैठक आज सकिने उनले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप