आज तीन वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, २३ जेठ २०८१, ०८ : ४६
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरूका सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण