प्रविधि र कार्यालय व्यवस्थापनबारे बुझ्न माओवादी प्रवक्ता सापकोटा एमाले मुख्यालयमा
काठमाडौँ । नेकपा (एमाले) को सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा एमाले मुख्यालय च्यासल पुगेका छन् ।
शुक्रबार दिउँसो सापकोटाले एक घण्टा एमाले कार्यालय सञ्चालनको विषयबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । माओवादीका प्रचार विभाग प्रमुखसमेत रहेका सापकोटाले अवलोकनका क्रममा एमालेले प्रयोग गरेको आइटी, सामाजिक सञ्जाल र अफिस सञ्चालनको विषयमा चासो राखेको रिमालले बताए ।
‘उहाँ एमालेले आइटीको प्रयोग कसरी गरेको छ भनेर जानकारी लिन आउनुभएको रहेछन् । यस सम्बन्धमा मेरो केही ज्ञान भएकाले प्रविधिको प्रयोग र कार्यालय सञ्चालनको विषयमा जानकारी गराएँ’, रिमालले भने, ‘प्रविधिमा उहाँको पनि चासो रहेछ । आइटी सिस्टम र सोसियल मिडियामा चासो राख्नुभयो । आफूले जानेको विषयमा उहाँलाई संक्षिप्तमा बतायौँ । एमालेले अफिस कसरी सञ्चालन गरेको छ भन्ने विषयमा पनि उहाँले चासो राख्नुभयो ।’
एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात् गर्दै चलेको सापकोटाले अनुभव गरेको रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण