उपेन्द्र यादवको मुद्दामा अन्तिम बहस सुरु हुँदै, के गर्ला सर्वोच्चले ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको आइतबार अन्तिम बहस सुरु हुँदैछ ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। आज उक्त मुद्दामा सरकारी पक्ष र विपक्षीहरूले बहस गर्नेछन् । महान्यायाधिवक्ता कार्यालयबाट नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले बहस गर्दैछन्। उनीपछि अशोक राईका कानुन व्यवसायीले बहस गर्नेछन्।
शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको थियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दाहेर्दै राखिएको थियो । त्यहीबाट सुनुवाइ सुरु गर्ने तयारी सर्वोच्चको छ।
जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यस्तै आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
पहिलो सुनुवाइमा उक्त आदेश जारी भएपनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ। सर्वोच्चले आज सुनाउने आदेशले नयाँ दलबारे निर्णय गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण