काठमाडौँ । नेपालका नेवा: समुदायले आज ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नख: पर्व मनाइरहेका छन् । वर्षातको याम सुरु हुनै लाग्दा नेवा: समुदायले तिथि हेरेर सिथि नख: पर्व मनाउने गर्छन् । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नख: चाड मनाइने चलन छ ।
बुधवार परेको सिथि नख: पर्वको अवसरमा ललितपुर महानगरपालिका- सम्पदा संस्कृति तथा पुरातत्त्व संरक्षण केन्द्रले पोखरी तथा धारा सफाइको कार्यक्रम आयोजना गर्यो । सिथि नख: चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले पनि बाध्यकारी हुन्छ ।
यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।
सिथि नख: का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।
_YdbMnNvwqX.jpg)
_VTTWcpoTHY.jpg)
_CNgbuh9vZ4.jpg)
_IfaWFRbYK4.jpg)
_KrKNJxqqpe.jpg)
_HNtw6RLuUe.jpg)
_j0vppvPe6E.jpg)
_VR7dzZedxA.jpg)
_7o5mkfgE16.jpg)
_VveW6FfjAf.jpg)
_JvfRZ4l9cQ.jpg)
_mArbWZ4dpR.jpg)
_Qyq1ikTbIP.jpg)
_3Kr5ydArHe.jpg)
_fN29x1ag7h.jpg)
_HY2VSLFuBM.jpg)
_acZjF8zFe8.jpg)
_x9O5kZ1g4G.jpg)
प्रतिक्रिया