बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
नेवा: समुदायले मनाए सिथि नख: पर्व (तस्बिरहरू)
चाडपर्व

नेवा: समुदायले मनाए सिथि नख: पर्व (तस्बिरहरू)

बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपालका नेवा: समुदायले आज ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नख: पर्व मनाइरहेका छन् । वर्षातको याम सुरु हुनै लाग्दा नेवा: समुदायले तिथि हेरेर सिथि नख: पर्व मनाउने गर्छन् । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नख: चाड मनाइने चलन छ । 

बुधवार परेको सिथि नख: पर्वको अवसरमा ललितपुर महानगरपालिका- सम्पदा संस्कृति तथा पुरातत्त्व संरक्षण केन्द्रले पोखरी तथा धारा सफाइको कार्यक्रम आयोजना गर्‍यो । सिथि नख: चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले पनि बाध्यकारी हुन्छ ।

यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।

सिथि नख: का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

sudhi nakha (1)sudhi nakha (2)sudhi nakha (3)sudhi nakha (4)sudhi nakha (5)sudhi nakha (6)sudhi nakha (7)sudhi nakha (8)sudhi nakha (9)sudhi nakha (10)sudhi nakha (11)sudhi nakha (12)sudhi nakha (13)sudhi nakha (14)sudhi nakha (15)sudhi nakha (16)sudhi nakha (17)sudhi nakha (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया