शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
सारांश
- इरानले युद्धविराम प्रस्तावमा नेतृत्वबीच मतभेद रहेको अमेरिकी दाबीको खण्डन गरेको छ।
- उपराष्ट्रपति आरिफले सबै अधिकारी वार्तामा एकताबद्ध रहेको र कुनै मतभेद नभएको बताए।
- इरानले वार्तामा स्पष्ट र समन्वयात्मक रणनीति अपनाएको आरिफको भनाइ छ।
काठमाडौँ । हालै अमेरिकी सञ्चारमाध्यमले युद्धविरामको मस्यौदाबारे इरानको सेना र शीर्ष नेतृत्वबिच ठुलो मतभेद रहेको दाबी गरेपनि यसको इरानी अधिकारीले खण्डन गरेका छन् ।
इरानी उपराष्ट्रपति मोहम्मद रेजा आरिफले अमेरिकी सञ्चारमाध्यमबाट आएका ती समाचार ‘सही’ नभएको भन्दै दाबीलाई आइतबार ठाडै अस्वीकार गरेका छन् ।
उनले यसलाई अफवाहको संज्ञा दिए । इरानका प्रथम उपराष्ट्रपति रेजा आरिफले इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) सँग भने, “देशका सबै वरिष्ठ अधिकारीहरू वार्ताको प्रस्तावमा ‘पूर्ण एकताबद्ध’ छन् र मस्यौदा वार्ता वा प्रस्तावमा कुनै मतभेदको सम्भावना छैन ।”
इरानको भन्सार प्रशासनको भ्रमणका क्रममा आरिफले तेहरानले अमेरिकासँगको वार्तामा स्पष्ट र समन्वयात्मक रणनीति अपनाएको बताएका थिए ।
उनले भने, “इरानले वार्तामा निश्चित रणनीति अपनाएको छ र सबै अधिकारीहरूले यसलाई पूर्ण समन्वयमा पालना गरेका छन् ।”
उपराष्ट्रपति आरिफले वार्ताको मूल पाठ र प्रस्तावमा अधिकारीबिच कुनै मतभेद नभएको बताए । उनले भने, “इरानले वर्तमान युद्ध र गत वर्षको १२ दिने युद्धबाट सङ्कट व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण अनुभव र पाठ प्राप्त गरेको छ।”
आरिफका अनुसार यी अनुभवले देशको निर्णय क्षमता र राष्ट्रिय रणनीतिलाई थप बलियो बनाउन मद्दत गरेको छ । अमेरिका र इरानबिच जारी अप्रत्यक्ष वार्ताको सन्दर्भमा आरिफको यो भनाइ आएको हो ।
यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई हमलाबाट सुरु भएको थियो । आरिफले ‘थोपरिएको दुई युद्ध’ को व्यवस्थापन गर्ने इरानको अनुभवलाई उद्धृत गर्दै भने, “देशले सङ्कट व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण पाठ सिकेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण