बजेट अढाई अर्ब छ, एउटै वडाबाट ६ अर्बको माग आउँछ: मुख्यमन्त्री
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटको माग र आकारमा ठुलो अन्तर रहेको बताएका छन् । 'गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयमा यो वर्ष १२ अर्ब छ । तर १० अर्ब पुरानै दायित्व छ,' उनले भने, 'अढाई अर्बको नयाँ योजना हुन्छ । एउटै वडाबाट ६ अर्बको माग आयो । अनि बजेट परेन भनेर मुर्दावाद लेख्नुहुन्छ ।'
बजेट निर्माण प्रणाली पनि सुधार्न सकिएको उनको गुनासो छ । 'भाषणमा हामी राम्रा कुरा गर्छौँ । तर बजेट निर्माण अहिले पनि प्रणालीगत हुन सकेको छैन,' उनले थपे, 'मेरै पार्टीका सांसदलाई फकाउन सकिनँ भने बजेट पास हुँदैन । मैले सरकार चलाउन समर्थन दिएका दललाई पनि फकाउनै पर्यो । कसरी बजेट बन्छ भन्ने त स्पष्टै छ नि ।'
पाण्डेले निर्वाचन प्रणालीसँगै मानसिकतामा परिवर्तन हुनुपर्ने बताए । संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले छिटै प्रेस रजिष्ट्रार नियुक्त गरेर मिडिया क्षेत्रलाई व्यवस्थित गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण