लगातार वर्षापछि लुम्बिनी प्रदेशका मन्त्रालयभित्र पानी पस्यो
शनिबार, २२ असार २०८१, १२ : ५६
बुटवल। अविरलको वर्षाले दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी देउखुरीभित्र रहेका मन्त्रालयहरू डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।
उनले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयभित्र पानी पसेको जानकारी दिए । ती मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए ।
प्रदेश सभा र मन्त्रालयहरू एउटै कम्पाउन्डभित्र रहेका छन् । केही क्षेत्रमा कन्स्ट्रक्सनको काम भइरहेकोले पनि पानी पसेको बताइएको छ ।
दाङमा गत रातिदेखि परेको भीषण वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् ।सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण