डोटीको ठूली गाड नदीमा बाढीले गर्यो खतराको तह पार, अन्य ६ नदीमा उच्च बाढी
काठमाडौँ । अविरल वर्षाका कारण कर्णाली बेसिन अन्र्तगत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो ।
साडे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।
यस्तै डडेलधुरामा महाकाली नदीले खतराको तह पार गरेको छ । चितवन नारायणघाट, देवघाट क्षेत्रमा बाढीको मात्रा खतराको तहमा पुगेको छ । यस्तै प्रदेश १ मा कोशी नदी बेसिनमा रहेका अरुण, तमोर र पुरानो चतरा क्षेत्रमा सप्तकोशी नदीमा आएको बाढीले जल सतह पार गरेको छ ।
बिहान ११ बजेसम्मको आँकडा अनुसार कन्चनपुर, कैलाली, बर्दिया, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण