योजनाहरू शिलान्यास मात्रै गरेर छोड्नु हुँदैन : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवा शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने गुनासो गरेका हुन् ।
उनले स्व. मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।
उनले भने, ‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठुलो सौभाग्यको कुरा पनि हो । मंगलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदीबहिनीहरूबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँबासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण