भारतीय टोलीको कप्तान बनाउने विषयमा प्रमुख प्रशिक्षक र बीसीसीआई सचिवबिच विवाद
काठमाडौँ । भारतीय क्रिकेट टोलीले यसै महिना श्रीलङ्का भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रीलङ्का भ्रमणका क्रममा भारतीय टोलीले आयोजक राष्ट्रसँग तीन वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
भारतीय टोली पहिलो पटक नयाँ प्रमुख प्रशिक्षकको नेतृत्वमा श्रीलङ्का भ्रमणमा निस्कने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालै मात्र गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
तर, श्रीलङ्का भ्रमणका लागि टी–२० टोलीको कप्तान बनाउने विषयलाई लिएर प्रमुख प्रशिक्षक गौतम गम्भीर र बीसीसीआईका सचिव जय शाहबिच चर्को मतभेद देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो कप्तानीमा भारतलाई हालै आईसीसी टी–२० विश्वकपको उपाधि उपाधि चुमाएलगत्तै रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसपछि भारतीय टोलीमा कप्तान कसलाई बनाउने भनेर विवाद सुरु भएको हो ।
बीसीसीआईका सचिव जय शाह श्रीलङ्का भ्रमणका लागि हार्दिक पाण्ड्यालाई टी–२० टोलीको कप्तान बनाउन चाहन्छन् । तर, नवनियुक्त प्रमुख प्रशिक्षक गौतम गम्भीर भने श्रीलङ्का भ्रमणका लागि सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गर्न चाहन्छन् ।
बोर्डका सचिव र प्रमुख प्रशिक्षकबिचको यही विवादका कारण टोलीमा घोषणामा समेत ढिलाइ भइरहेको बताइएको छ । बीसीसीआईले श्रीलङ्का भ्रमणका लागि बिहीबार आफ्नो टोलीको घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।
तर, कप्तानको विवाद भने अझै समाधान भएको छैन । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा हार्दिक पाण्ड्या भारतीय टोलीका उप–कप्तान थिए । बीसीसीआईका अन्य केही पदाधिकारी पनि सूर्यकुमारलाई कप्तान बनाउनु पर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण