कसम यो मन दुख्छ

पुराना दलले त झुक्काए झुक्काए
नयाँ दलले पनि झुक्काए भने
कसम यो मन दुख्छ
पुराना दलले बोलेर नगरे जस्तै
चिप्ला भाषण छाँट्न थाल्यौ भने
हे नयाँ दल
कसम यो मन दुख्छ
साँच्चै जस्तो गरि जीवन सुखका
नक्कली नानाथरी रङ्गिन
आशा देखायौ भने
गरिब दुखीको बलिन्द्रधारा आँसुले
जुनी जुनी भरको लागि तिमीलाई सराप्छ
युवायुवती विदेश खेदिन परेर
उनीहरूको आँसुको मर्म
नयाँ दलले पनि नबुझी हाँस्यौ भने
कसम यो मन दुख्छ
जब सम्म तिमी चिल्ला कारमा हिँड्छौ
तिमीले बिर्सन्छौ नाङ्गा खुट्टा
जब सम्म तिमीले घुस खान्छौ
तिमीले बिर्सन्छौ भोका पेट
जबसम्म तिमी विदेशी पोसाकमा सजिन्छौ
तिमीले बिर्सन्छौ नाङ्गो आङ
जबसम्म तिमी भ्रष्टाचार गरिरहन्छौ
तिमीले बिर्सन्छौ देशको विकास
पुराना दल नसुध्रिए जस्तै
नयाँ दल पनि सुध्रिएनौ भने
कसम यो मन दुख्छ
वाक स्वतन्त्रता भन्दै
सही बोल्नेको मुख थुन्यौ भने
हे नयाँ दल
कसम यो मन दुख्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री