ओली २०८३ असारसम्म प्रधानमन्त्री, त्यसपछि देउवाको नेतृत्व

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् ।
असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए ।
‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने’, ओलीले भने ।
असार १७ को सहमति कार्यान्वयन भइरहेमा अब ओली २०८३ असारसम्म प्रधानमन्त्री बन्ने देखिएको छ । त्यसपछि देउवाले चुनावअघिसम्म सरकारको नेतृत्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा