संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए।
बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए । बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने ? भन्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् ।
आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् । यता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने बैठकमा पुरै समय बस्ने र समितिका छलफलमा सक्रिय सहभागिता जनाउने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण