माओवादी पदाधिकारी बैठकमा महरा र पौडेल अनुपस्थित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनदेखि बस्दै आएको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा र सचिव देवेन्द्र पौडेल अनुपस्थित रहेका छन् । सत्ताबाट हटेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैठक बोलाएका थिए ।
पाँच दिनसम्म नेताहरूले विचारको विकास र पार्टी निर्माण सम्बन्धमा सघन छलफल गरेका छन् । तर महरा र पौडेल सुरुको दिनदेखि बैठकमा अनुपस्थित रहेका हुन् ।
महत्त्वपूर्ण बैठकमा दुई नेता अनुपस्थित रहनुको कारण भने फरक रहेको छ । महरा बिरामी परेका र पौडेल काम विशेषले अमेरिका रहेका हुनाले बैठकमा सहभागी नभएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
विभिन्न रोगबाट पीडित रहेका उनी अहिले निवासमै आराम गरिरहेका छन् । यता सचिव पौडेल पारिवारिक काम विशेषले असारको तेस्रो सातादेखि अमेरिकामै रहेका छन् । एक हप्तामा उनी स्वदेश फर्किँदै छन् ।
पदाधिकारी बैठक लामो समयसम्म सञ्चालन भएको सम्भवतः पहिलो पटक भएको नेताहरूले बताएका छन् । बैठकमा बोल्ने नेताहरूले एकदेखि दुई घण्टासम्म आफ्नो धारणा राखेका थिए । सबैको विचार अध्यक्ष प्रचण्डले यस पटक ध्यानपूर्वक सुनेका थिए । २२ जना पदाधिकारी रहेको माओवादीमा १९ जनाले आ–आफ्ना विचार राखेका थिए । बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक आजै सकिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरबाट कालीमाटी आएको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण