कांग्रेस सभापति देउवालाई किताब फिर्ता गर्न प्रेसर
मङ्गलबार, ०४ भदौ २०८१, १५ : २६

काठमाडौँ । अभियन्ता भारती सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई उक्त पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।
‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटी प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’
सिलवालले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने