रक ब्यान्ड ‘एक्सिस’को ‘पाइला’मा बक्सर बनिन् कविता
काठमाडौँ । नेपाली व्यावसायिक रक ब्यान्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको सङ्गीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।
भिडियोमा कविता नेपाली (गुरुङ¬) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा ब्यान्डका सदस्यहरूलाई पनि स्थान दिइएको छ ।
भिडियोमा ब्यान्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । ब्यान्डको छायाङ्कन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)को स्टुडियोमा छायाङ्कन गरिएको हो ।
भिडियोमा गौरव विष्टको सम्पादन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा मानिसहरुलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी सङ्घर्ष गरिरहन प्रेरित गरेको छ ।
ब्यान्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गितार) सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण