रक ब्यान्ड ‘एक्सिस’को ‘पाइला’मा बक्सर बनिन् कविता

काठमाडौँ । नेपाली व्यावसायिक रक ब्यान्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको सङ्गीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।
भिडियोमा कविता नेपाली (गुरुङ¬) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा ब्यान्डका सदस्यहरूलाई पनि स्थान दिइएको छ ।
भिडियोमा ब्यान्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । ब्यान्डको छायाङ्कन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)को स्टुडियोमा छायाङ्कन गरिएको हो ।
भिडियोमा गौरव विष्टको सम्पादन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा मानिसहरुलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी सङ्घर्ष गरिरहन प्रेरित गरेको छ ।
ब्यान्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गितार) सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने
-
प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’
-
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण