शान्तिश्री र बिन्ती कुमारको घुम्दै घुम्दै आको सार्वजनिक

काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक स्वयमकै शब्द, सङ्गीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन् ।
अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायाङ्कन गरेका हुन् । भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूको अभिनय देख्न सकिन्छ ।
भिडियो गुरुङ समुदायमा प्रचलित रोधी संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरू मौलिक गुरुङ भेसभुसामा सजिएको देख्न सकिन्छ ।
सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायाङ्कन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण