शान्तिश्री र बिन्ती कुमारको घुम्दै घुम्दै आको सार्वजनिक
काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक स्वयमकै शब्द, सङ्गीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन् ।
अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायाङ्कन गरेका हुन् । भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूको अभिनय देख्न सकिन्छ ।
भिडियो गुरुङ समुदायमा प्रचलित रोधी संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरू मौलिक गुरुङ भेसभुसामा सजिएको देख्न सकिन्छ ।
सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायाङ्कन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण