विमानको शौचालयमा बालिकालाई थुनेपछि...
बेइजिङ । दुई अपरिचित महिलाले एक बालिकालाई विमानको शौचालयमा थुनेपछि चीनमा हङ्गामा भएको छ । सार्वजनिक स्थलमा बालबालिकाहरूलाई कसरी तह लगाउने भन्नेबारे अनलाइनमा विवाद छेडिएको हो ।
सो घटनाको भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । दुई मध्ये एक महिला कोउ तिङतिङ आफैँले बालिकालाई शौचालय भित्र बोकेर लगेको भिडियो पोष्ट टिकटकको चिनियाँ संस्करण दोउयिनमा पोस्ट गरेकी थिइन् । पोस्टमा कोउले आफूलाई विमानमा रहेका अरू यात्रीलाई मद्दत गर्ने कोसिस गरेको भनेर देखाउन खोजेकी थिइन् ।
तर उनको सो पोस्टमा आलोचनाको ओइरो लागेको छ । बालिकाकी हजुरआमाले ती दुई महिलालाई उनलाई सबक सिकाउन अनुमति दिएको भनेर विमान सेवा कम्पनीले पछि भनेको थियो ।

यो घटना अगस्ट २४ मा चुनेयाओ एयरलाइन्सको विमानभित्र भएको हो । विमान कुइयाङबाट साङहाई जाँदै थियो । बालिका हजुरआमासँग यात्रा गरिरहेकी थिइन् । उडानभित्र उनी रोइ कराई गर्न थालेपछि चुप लगाउन नसकेर शौचालयमा थुनिएको थियो ।
यो घटना भएको दुई दिनपछि एयरलाइन्सले बालिकाको हजुरआमाले नै ती दुई महिलालाई नातिनीलाई विमानको शौचालयभित्र थुन्ने अनुमति दिएको भनेर बताएको छ ।
बालिकाको उमेर एक वर्षको भएको स्थानीय पत्रिकाले भनेका छन् । भिडियो पोस्ट गरेपछि धेरैले कोउलाई करुणा नदेखाएको र बच्चालाई दुर्व्यवहार गरेको भन्दै खोइरो खनेका छन्। यसको प्रतिउत्तरमा कोउले आफूले बच्चीलाई शान्त पारेर अरूलाई शान्ति दिन मात्रै खोजेको बताएकी थिइन् ।
बच्ची रुन थालेपछि केही यात्री आफ्नो सिट छोडेर विमानको पछाडिको सिटतिर सरेको अनि केहीले कानमा कपास खाँदेको उनको भनाइ थियो । सो भिडियोमा आलोचना ओइरिन थालेपछि कोउले आफ्नो एकाउन्टलाई अरूले हेर्न नमिल्ने बनाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण