वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन् ।
उनले भने – ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यस कारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रूपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठुलो मद्दत गर्नुभएको छ । यस कारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु ।’
उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलीनिकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण