काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
सारांश
- चौथो काठमाडौँ कलिङ्गा साहित्य महोत्सव 'Beyond Borders: South Asian Literature in a Changing World' मूल विषयवस्तुसहित होटल हिमालयमा सुरु भएको छ।
- महोत्सवमा नेपाल, भारत तथा दक्षिण एसियाका विभिन्न मुलुकका साहित्यकार, कलाकार, चिन्तक, लेखक, कूटनीतिज्ञ, संगीतकर्मी र बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको छ।
- यस वर्षको महोत्सवमा चर्चित गायिका तथा अभिनेत्री इला अरुण, प्रख्यात साहित्यकार प्रतिभा राय, आध्यात्मिक चिन्तक आचार्य प्रशान्त, अभिनेता तथा लेखक पियुष मिश्रा, लेखक तथा फिल्ममेकर राज शेखर लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता छ।
काठमाडौँ । दक्षिण एसियाली साहित्य, कला र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित चौथो काठमाडौँ कलिङ्गा साहित्य महोत्सव आजदेखि काठमाडौँस्थित होटल हिमालयमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने महोत्सव आजदेखि सुरु भएको छ ।
‘Beyond Borders: South Asian Literature in a Changing World’ भन्ने मूल विषयवस्तुसहित आयोजना गरिएको महोत्सवमा नेपाल, भारत तथा दक्षिण एसियाका विभिन्न मुलुकका साहित्यकार, कलाकार, चिन्तक, लेखक, कूटनीतिज्ञ, संगीतकर्मी र बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको छ।
_npGPhnMDu2.jpg)
महोत्सवको उद्घाटनसँगै दक्षिण एसियाली साहित्य, संस्कृति, पहिचान, समावेशिता, अध्यात्म, सामाजिक रूपान्तरण तथा समकालीन विश्व परिवेशमा साहित्यको भूमिकामाथि विविध सत्रहरू सञ्चालन हुँदैछन्।
महोत्सवका संस्थापक, निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले नेपाल, भारत र दक्षिण एसियाली राष्ट्रहरूबिचको दीर्घकालीन साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवले साहित्य, संगीत, कविता, चलचित्र, नृत्य तथा विविध कलात्मक परम्पराहरूको उत्सव मनाउनेछ।
_H7noIX6ZHq.jpg)
यस वर्षको महोत्सवमा चर्चित गायिका तथा अभिनेत्री इला अरुण, प्रख्यात साहित्यकार प्रतिभा राय, आध्यात्मिक चिन्तक आचार्य प्रशान्त, अभिनेता तथा लेखक पियुष मिश्रा, लेखक तथा फिल्ममेकर राज शेखरलगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ।
त्यसैगरी विकास स्वरूप, परमिता सतपथी, उपेन्द्रनाथ बेहरा, बद्रीनारायण, मालिनी अवस्थी, नारायणी बसु, विक्रम सम्पत, बुद्धिसागर, युनुस खानसहित दक्षिण एसियाका विभिन्न क्षेत्रका लेखक, कलाकार, संगीतकर्मी, चलचित्रकर्मी तथा अनुसन्धानकर्ताहरू महोत्सवमा सहभागी छन्।
_3o7Dg5KchZ.jpg)
महोत्सवमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, पुस्तक विमोचन, लेखकसँग अन्तरक्रिया, कार्यशाला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् । साथै, सीमापार साहित्यिक सहकार्य र सांस्कृतिक आदान प्रदानलाई समेत विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
_jxXjP1HNUe.jpg)
काठमाडौँ कलिङ्गा साहित्य महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको हो। सन् २०२२ देखि काठमाडौँ संस्करण सञ्चालन हुँदै आएको यो महोत्सवले नेपाल, भारत तथा दक्षिण एसियाली मुलुकहरूबिच साहित्यिक, सांस्कृतिक र बौद्धिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
_i7XDPklIJv.jpg)
_tbMNvYfTrE.jpg)
_zMzkeTCbEI.jpg)
_vGLQdQpAvd.jpg)
_QCLy5gs34h.jpg)
_9BgGhGqsUO.jpg)
_XJDYLRQ4qV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण