कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
शनिबार, २३ जेठ २०८३, १२ : २३
सारांश
- इटालीका फ्लाभियो कोबोली फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
- माटेओ आर्नाल्डीले भाइरस सङ्क्रमणका कारण अन्तिम चारको खेलबाट नाम फिर्ता लिएपछि कोबोली स्वतः फाइनलमा प्रवेश गरेका हुन् ।
- कोबोलीले फाइनलमा जर्मनीका अलेक्जेन्डर जेभरेभसँग प्रतिस्पर्धा गर्नेछन् ।
पेरिस । इटालीका फ्लाभियो कोबोली फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । उनका प्रतिद्वन्द्वी तथा इटालीकै अर्का खेलाडी माटेओ आर्नाल्डीले भाइरस सङ्क्रमणका कारण अन्तिम चारको खेलबाट नाम फिर्ता लिएपछि कोबोली स्वतः फाइनलमा प्रवेश गरेका हुन् ।
१०औँ वरियताका कोबोली अब फाइनलमा जर्मनीका दोस्रो वरियताका अलेक्जेन्डर जेभरेभसँग भिड्नेछन् । यो खेलबाट नयाँ ग्रान्ड स्लाम च्याम्पियन तय हुनेछ ।
आर्नाल्डीले खेलअघि अचानक स्वास्थ्य बिग्रिएको र भाइरस सङ्क्रमणका कारण प्रतिस्पर्धा गर्न नसकेको बताएका छन् । उनले रातिदेखि बान्ता, ज्वरो र कमजोरी महसुस गरेको बताएका छन् ।
कोबोलीले भने– ‘आफू एकैसाथ दुखी र खुसी दुवै महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले आर्नाल्डीलाई उत्कृष्ट खेलाडी तथा प्रेरणादायी व्यक्ति भन्दै प्रशंसा गरेका छन् ।’ फाइनल खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण