कालजयी गीत ‘राजमती’ अब नेपालीमा

काठमाडौँ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुँदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपाली भाषामा नेपाली भाषामा आएको छ ।
गीतलाई पुनः लेखन, संगीत र एरेन्ज गर्दै नेपाली भाषामा ल्याइएको हो । नेपालको पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर रेकर्ड गराएका थिए ।
नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा अहिले ल्याइएको हो ।
दुईसय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ संसारभरका नेपालभाषीमा पुर्याउन गीत बनाइएको बताइएको छ ।
गीतको भिडियो १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको छ । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरूको अभिनय रहेको भिडियो सबनम् मुखियाले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)