कालजयी गीत ‘राजमती’ अब नेपालीमा
काठमाडौँ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुँदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपाली भाषामा नेपाली भाषामा आएको छ ।
गीतलाई पुनः लेखन, संगीत र एरेन्ज गर्दै नेपाली भाषामा ल्याइएको हो । नेपालको पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर रेकर्ड गराएका थिए ।
नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा अहिले ल्याइएको हो ।
दुईसय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ संसारभरका नेपालभाषीमा पुर्याउन गीत बनाइएको बताइएको छ ।
गीतको भिडियो १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको छ । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरूको अभिनय रहेको भिडियो सबनम् मुखियाले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण