धनराज गुरुङ र उपसभामुखको विषयमा कांग्रेस बैठकमा छलफल हुने
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।
उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।
‘बैठकमा पार्टी उपसभापति धनराज गुरुङलाई लागेको सहकारी आरोप र उपसभामुख इन्दिरा रानाको विषयमा छलफल हुनेछ’, ती नेताको भनाइ छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि आज संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण