धनराज गुरुङ र उपसभामुखको विषयमा कांग्रेस बैठकमा छलफल हुने

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएको जानकारी दिए ।
उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।
‘बैठकमा पार्टी उपसभापति धनराज गुरुङलाई लागेको सहकारी आरोप र उपसभामुख इन्दिरा रानाको विषयमा छलफल हुनेछ’, ती नेताको भनाइ छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि आज संसदमा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । यस्तै सहकारी ठगीमा नाम जोडिएको धनराजले संसदमै आफू निर्दोष रहेको प्रष्टीकरण दिने प्रयास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त