गगनलाई धन्यवाद दिँदै देउवाले भने– ‘रवि चलाख रहेछ म छक्क परेँ’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी समितिले प्रतिवेदन बुझाएपश्चात् आफ्नो पार्टी महामन्त्री गगनकुमार थापाले जितेको दाबी गरेका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले महामन्त्री थापाले सहकारीको विषय उठाउँदा आफूले नपत्याए पनि सदनमा प्रतिवेदन पेस भएपछि आफू छक्क परेको बताए । उनले महामन्त्री थापाले सहकारीबारे धेरै अध्ययन गरेर बोलेको आफूले पाएको कार्यक्रममा सुनाए ।
‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर‚’ उनले भने।
सभापति देउवाले रवि चलाख र सहकारी ठगीमा संलग्न भएको भनेर प्रमाणित भएको पनि उल्लेख गरे ।
‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर‚’ उनले भने । महामन्त्री थापालाई लक्षित गर्दै उनले थपे, 'तपाईँले जित्नुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।'
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जिल्लामा राम्रो सङ्गठन विस्तार गर्न र जिल्लामा भएका झगडा मिलाउनतिर लाग्न सबैलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण