शासन व्यवस्थालाई सुदृढीकरण गर्दै विकासको मार्गमा लैजानुपर्छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैजानुपर्नेमा जोड दिएका छन् । आज धनगढीमा आयोजित संविधान दिवस तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले संविधान जारी भएसँगै मुलुक दिगो शान्ति, विकास र समृद्धिको मार्ग गएको बताए ।
संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री शाहले भने, “संविधानले निर्दिष्ट गरेको बाटोमा हिँड्न सबैबिच सहकार्य र समन्वय आवश्यक छ । मुलुकको समग्र विकास गरी जनतामा आशा जगाउन सबै दलबिच आपसी एकता र समन्वय जरुरी छ ।”
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले संविधान जारी भएसँगै नागरिकको राजनैतिक अधिकारका लागि गरिने सङ्घर्षको चरण पूरा भएको बताए । उनले आगामी दिनमा प्रदेशलाई आर्थिक, भौतिक, सामाजिक न्यायको समृद्धिमा लैजाने दायित्व प्रदेश सरकारको रहेको बताए ।
समारोहमा विभिन्न जातजातिको संस्कृति झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारीलगायत प्रदेश सरकारका मन्त्री, कर्मचारी, विद्यालयका छात्रछात्रा र सर्वसाधारणको उपस्थिति थियो । यसअघि धनगढीको सहिद गेटबाट प्रभातफेरी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा