संघीयतामा गएपछि देशले विकासमा फड्को मार्न थाल्यो : सभापति देउवा
मङ्गलबार, ०८ असोज २०८१, २० : १०
वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गएपछि देशले विकासमा फड्को मार्न थालेका बताएका छन् । पटेर्वासुुगौली गाउँपालिकाले आयोजना गरेको आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले मुलुकमा संघीयता आएपछि स्वास्थ्य, शिक्षा जस्ता विषयमा ठुलो फड्को मारिएको बताए । उनले भने, ‘मुलुक संघीयताको ढाँचामा छ, जसका कारण सबै नेपालीहरू शिक्षा, स्वास्थ्य जस्ता सेवाहरू सरल ढंगले पाइरहेका छन् । त्यसकारण तपाईँहरू यो ढाँचाको फाइदा लिनुहोला, अस्पतालमा सुलभ सेवा लिनु होला ।’
चार वर्ष पहिले शिलान्यास गरिएका ३०९ अस्पतालमध्येको पर्सामा पहिलो आधारभूत अस्पताल निर्माण भई सञ्चालनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण