अविरल वर्षा
यी नदीहरूमा बाढी, नारायणी र बागमती नदी तटीय क्षेत्रमा उच्च जोखिम
यी नदीहरूको जलसतह खतरा तह भन्दा माथि
शनिबार, १२ असोज २०८१, ०५ : २४
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हाल कोशी, बाग्मती, नारायणी, तिनाउ र यसका सहायक नदीहरू गरी १० नदीहरूमा जलसतह खतरा तह भन्दा माथि रहेको जनाएको छ ।
यस्तै २७ नदीहरूको जलसतहले खतरा तह पार गरेको महाशाखाले शनिबार बिहान जनाएको छ ।
बाग्मती नदी र काठमाडौँ उपत्यका भई बहने यसका सहायक नदीहरूमा हालको जलसतह खतरा तह भन्दा धेरै माथि रहेको छ ।
ती नदीहरूमा जलसतह थप बढ्ने पूर्वानुमान रहेकोले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
साथै नारायणी नदी देवघाटको जलसतह हाल खतरा तह माथि रहेको र अझै बढ्ने देखिएकाले चितवन र नवलपरासी पूर्वको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण