देशभर २२ ठाउँका राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।
बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी–मार्खु सड्क र मदन भण्डारी राजमार्ग पनि बन्छ छ ।
गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी–दर्बाङ सड्क खण्ड र कालिगण्डकी करिडोर अवरुद्ध छ । लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग, गोरुसिङ्गे–सन्धीखर्क सडक र रुकुम–घोराही खण्ड अवरुद्ध भएको छ ।
कर्णाली करिडोर पनि अवरुद्ध भएको र सड्क सुचारु गर्ने प्रयास भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द