रामेछाप अपडेट : खैरेनीघाटको पुलमाथि सुनकोशी, पहिरोमा एक जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, १८ : ३१
काठमाडौँ । रामेछापलाई बिपी हाइवेसँग जोड्ने नेपालथोकस्थित खैरेनीघाटको पक्की पुललाई सुनकोशीको बहावले छोपेको रामेछापका डीएसपी प्रदीप कुमार सिंहले रातोपाटीलाई बताएका छन् ।
उनले भने, ‘पुलमाथि सुनकोशीको बहाव छ, पुल छ कि छैन यकिन गर्न सकेका छैनौं ।’
यसैबिच अबिरल वर्षाको कारण रामेछापमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका–१ ज्यामिरे घर भएकी धनमाया मगर छिन् । गोठमा खसेको पहिरोले पुरिएर ५१ वर्षीया धनमायाले ज्यान गुमाएकी हुन् ।
बाढी र पहिरोका कारण रामेछापमा ३ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण