‘रोस्टिङ ब्याटल’ले टिकटको ४० प्रतिशत रकम बाढी पीडितलाई दिने
काठमाडौँ । आगामी २० गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने कार्यक्रम ‘रोस्टिङ ब्याटल’को टिकटबाट प्राप्त रकमको ४० प्रतिशत बाढी पीडितलाई दिइने भएको छ । आयोजक ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यसबारे जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘देश र जनता विपद्मा परेको बेला कलाकारले कलाकारिताकै माध्यमबाट सहयोग गर्न सकिने निक्यौलमा पुग्दै हामी कमेडी ‘च्याम्पियन टिम’ र ‘छक्का पन्जा ५’ टिमले आगामी २० गते हुन गइरहेको कार्यक्रम ‘रोस्टिङ ब्याटल’को टिकटबाट आएको रकमको ४०% विपद् पीडितको उद्धारमा लागेको संस्थाहरूलाई सहयोग स्वरूप उपलब्ध गराउने भएका छौँ ।’
‘रोस्टिङ ब्याटल’ फिल्म ‘छक्कापञ्जा ५’ प्रचारका लागि आयोजना हुन लागेको हो । ‘रोस्टिङ ब्याटल’मा ‘छक्कापञ्जा ५’ टिम र ‘कमेडी च्याम्पियन’का कलाकारले एउटै मञ्चमा हास्य व्यङ्ग्य प्रस्तुति दिनेछन् ।
कार्यक्रममा कमेडी च्याम्पियनबाट भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनिल खड्का र ऋषभ काफ्ले सहभागी हुनेछन् । ‘छक्कापञ्जा’बाट कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा सिवाकोटी सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण