भारत सरकारद्वारा ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका पुल नेपाललाई हस्तान्तरण

काठमाडौँ । भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न प्रयोग हुने नेपाल स्थित भारतीय दूतावासले जानकारी दिएको हो ।
३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुलहरू भारत सरकारले अनुदानको रूपमा प्रदान गरेको हो । यी सामानहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने दूतावासले जानकारी दिएको छ ।
बुधबार नै भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका थिए ।
अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्याइएको हो । राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो नेप्से परिसूचक
-
गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
-
इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैन : तेहरान
-
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयो : वर्षमान पुन
-
सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
-
माओवादी, राजावादी र कांग्रेसलाई एमालेको एकमुस्ट जवाफ : उच्चस्तरीय संयन्त्र खारेज गर्दा हुन्छ