सीमा क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ प्रहरीले ध्यान दिनुपर्छ : प्रजिअ भुसाल
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमावर्ती क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ ध्यान दिन प्रहरीलाई निर्देशन दिएका छन् । पर्सा प्रहरीद्वारा ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका सीडीओ भुसालले यस्तो बताएका हुन् ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा सामाजिक अपराधहरूको ग्राफ उकालो लाग्दो अवस्थामा रहेको बताउँदै उनले सीमा क्षेत्रको सम्वेदनशीलतालाई मध्यनजर राखेर काम गर्न आग्रह गरे । समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्ने मामिलामा प्रहरीको काम तारिफयोग्य रहेको भुसालले बताए ।
उनले भने, तपाईँहरूले अन्य अपराध न्यूनीकरणमा जसरी सकारात्मक भूमिका निर्वाह गरिरहनु भएको छ, त्यसैगरी अहिले सामाजिक अपराध रोकथामतर्फ पनि ध्यान दिन जरुरी रहेको छ ।’
‘शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अपराध नियन्त्रण जस्ता कार्यक्रममा कुनै पनि प्रकारको सम्झौता नगरी कार्यसम्पादन गर्न दिशानिर्देश गर्दछु,’ उनले भने । प्रहरीबाट हुने सम्पूर्ण कार्यमा जिल्ला प्रशासन कार्यालयको साथ, सहयोग र समर्थन रहने समेत सीडीओ भुसालले प्रतिबद्धता जनाएका छन् ।
प्रहरी कर्मचारीले आफ्नो ‘करियर’ को श्रीवृद्धिसँगै र सङ्गठनको साख वृद्धिलाई मन वचन र कर्मले कटिबद्ध बन्दै सम्पूर्ण प्रहरी कर्मचारीको व्यक्तिगत तथा व्यावसायिक सफलताको शुभकामना समेत उनले दिए ।
पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनताको सेवामा प्रहरी अहोरात्र खटिरहने बताए । उनले भने, ‘हामी जनताको सेवक हौँ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै आम जनता हो । त्यही भएर हामी आम नागरिकमा सेवा प्रवाह गर्न कुनै कसर बाँकी राख्दैनौँ ।’
‘प्रहरी नियम कानुन भन्दा बाहिर गएर कहिल्यै पनि गर्दैन,’ उनले भने । यसैबिच यो वर्ष पर्सा प्रहरीले सेवा प्रवाहमा उत्कृष्ट काम गरेका २३ जना प्रहरी अधिकारी तथा जवानहरूलाई पुरस्कृत गरेको छ ।
प्रहरीले डीएसपीसहित प्रहरी अधिकारी तथा जवानहरूलाई नगदसहित कदरपत्र दिएर पुरस्कृत गरेको हो ।
प्रहरी नायबउपरिक्षक सुवास भट्टसहित, प्रहरी निरीक्षक रोशन थापा,प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाइँसहित २३ जना प्रहरी कर्मचारीलाई उत्कृष्ट काम गरेबापत जिल्लाप्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै, स्थानीयवासीमा उत्साह
-
हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ : मुख्यमन्त्री शाह
-
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण