पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
सारांश
- ‘लापता लेडिज’का अभिनेता सतेन्द्र सोनीले पारिश्रमिक नपाएको र निर्देशकले कुटपिट गरी मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
- सोनीका अनुसार, निर्देशक पुष्पेन्द्र सिंहले ५० हजार भारु दिएर बाँकी रकम सुटिङपछि दिने बताएका थिए, तर अहिले पैसा माग्दा धम्की दिएका हुन् ।
- उनले निर्देशक र उनकी श्रीमती प्रगति चौहानले आफूलाई र अर्का व्यक्ति श्रीधरमलाई सडकमा कुटपिट गरेको दाबी गरेका छन् ।
नयाँ दिल्ली । किरण रावको हिट फिल्म ‘लापता लेडिज’मा मुख्य भूमिका निर्वाह गरेका सतेन्द्र सोनीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा सतेन्द्र रोइरहेको देखिन्छ ।
मध्य प्रदेशमा फिल्म छायांकनको लागि उनलाई पैसा नदिइएको अनि एक जना निर्देशकले उनलाई मार्ने धम्की पनि दिएको उनले भिडियोमा भनेका छन् ।
भिडियोमा, सतेन्द्र सोनी भावुक देखिएका छन् । फिल्म निर्माताले उनलाई आफूलाई पारिश्रमिक दिन अस्वीकार गरेको र पैसा माग्दा धम्की दिएको कुरा बताएका छन् । उनले भने, ‘मेरो नाम सतेन्द्र सोनी हो । म एक अभिनेता हुँ । म यहाँ पुष्पेन्द्रको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन गर्न आएको थिए,’ ।
‘उनले मलाई ५० हजार भारु साइनिङ रकम दिए र बाँकी रकम सुटिङ पछि तिर्ने भनेका थिए । आज सुटिङको आठ दिन पूरा भइसक्यो, जब मैले उनलाई पैसाको बारेमा सोधे, उनले मलाई सामान प्याक गर्न भने र अनि ‘मैले तलाई होटलमा देख्नु भएन’ भने । उनले मलाई मार्ने धम्की दिइरहेका छन् ।’
क्याप्सनमा, सतेन्द्रले निर्देशक र उनकी श्रीमतीमाथि कुटपिटको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘हामी तीन जना हिँडिरहेका थियौं, उनीहरूले हामीलाई कारमा पछ्याएका थिए । उनकी श्रीमती प्रगति चौहान र निर्देशक पुष्पेन्द्र सिंहले मलाई देख्ने बित्तिकै सडकको बीचमा कुटपिट गर्न थाले, जब श्रीधरम (अर्का व्यक्ति)लाई बचाउन अगाडि आए, निर्देशकले उनलाई पनि कुट्न थाले।,’ भिडियोमा अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण