नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, धनकुटा र काठमाडौँको गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअनुसार प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ ।
यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित भएकाले सो घरपरिवारलाई पनि खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएकाले त्यहाँका घरपरिवारलाई पनि ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरिएको कम्पनीले जनाएको छ । गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट धनजनको क्षति भएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण