स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँसहित भक्तपुरबाट एक जना पक्राउ, साथमा पत्रकार परिचयपत्र
काठमाडौँ । स्रोत नखुलेको ८ लाख ५० हजारसहित एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चौलागाईंलाई पक्राउ गरेको हो ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार उनको साथबाट १ हजार दरको ८ लाख रुपैयाँ र ५ सय दरको ५० लाख रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, विभिन्न बैंकका एटीएम र चेक, मोटरसाइकल, पत्रकारको परिचयपत्रलगायत बरामद गरिएको पनि नेउपानेले बताए ।
चौलागाईंलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ क हुन्डीसम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण