अभिनेत्री साई पल्लवी भारतीय सेनाबारे दिएको बयानले विवादमा
आइतबार, ११ कात्तिक २०८१, १३ : ०१
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री साई पल्लवी एउटा पुरानो भिडियोका कारण विवादमा मुछिएकी छिन् । भिडियोमा उनले भारतीय सेनालाई लिएर विवादास्पद बयान दिएको सुनिन्छ ।
भारतीय सेनालाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिएको उनको भनाइ छ । उनले दुई देशबिचको सबैभन्दा ठुलो विवादमा ध्यानाकर्षण गराएकी छिन् । भाइरल भिडियोमा उनले भनेका छिन्, ‘पाकिस्तानका मानिसहरूले हाम्रो सेनालाई आतङ्कवादी समूह ठान्छन् । तर हाम्रो लागि उनीहरूको सेना यस्तो छ ।’
साई पल्लवीको यो भिडियो सन् २०२२ मा दिइएको एक अन्तरवार्ताको टुक्रा हो । उनको यो भिडियोप्रति मानिसहरूले निकै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यतिबेला साई रणबीर कपुरसँग रामायणको सुटिङ गरिरहेकी छिन् । यो बलिउडमा उनको डेब्यू फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण