फोटो
नेपाल प्रहरीले यसरी गर्यो अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको पूजा, तस्बिरहरू
बिहीबार, १५ कात्तिक २०८१, ११ : ४२

काठमाडौँ । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ ।
महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष समारोहका बिच कुकुरहरूको पूजा गरिएको हो ।
नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको प्रहरीले जनाएको छ ।
अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको जनाइएको छ ।
अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छ । जसमा ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुर छन् ।
यिनै कुकुरलाई केनाइन कार्यालयले बिहीबार पूजा गर्दै उनीहरुको कला कौशल देखाउँदै कुकुर तिहार मनाएको तस्बिरहरुः