रौतहट : उपनिर्वाचनका लागि एमालेका उम्मेदवार चयन
रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएको छ । उपनिर्वाचनमा रौतहटका छुट्टाछुट्टै पालिकाका तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ ।
यहाँको राजपुर नगरपालिका वडा ६, ईशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ। नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका-७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। चयन भएका तीनवटै वडा अध्यक्षका उम्मेदवारहरूलाई निर्वाचित गर्न एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई एक भएर लाग्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण