लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया : देश टाट पल्टाउन दिइँदैन
विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।
विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’
ओलीले आफूले एक वर्ष ८ महिना सरकार चलाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि बताए । ‘त्यसपछि चुनाव हुन्छ । चुनाव पछि परिणाम अनुसार अर्को सरकार बन्छ,’ उनले भने ।
उनले माओवादी केन्द्र सरकारमा नभएपछि आन्दोलन गर्ने भनिरहेको बताए । यस्तै माओवादीले सरकारले एसपीपी सम्झौता गर्न लाग्यो भनेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो ‘छटपटी’ भएको बताए । ‘मैले छटपटिएको जवाफ दिनु आवश्यक छैन । एसपीपी कहाँबाट निकाल्नु भयो । उहाँहरू सरकारमा हुँदा अलिअलि कुरा चलेको थियो । सम्झौता गर्ने कुरै छैन,’ उनले भने ।
ओलीले संविधान संशोधन संसदबाटै हुने र आयोग गठन नहुने बताए । ‘आयोग किन गठन गर्ने ? संविधान संशोधन संसद्ले गर्ने हो,’ ओलीले भने । उनले कांग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि जनाएको विषयमा आफूलाई थाहा नभएको बताए । ‘शेखर कोइरालाको असन्तुष्टि मैले सुनेको छैन । होइन होला त्यस्तो भन्नु भएको,’ उनले भने ।
उनले प्रदेशलाई अधिकार नदिएको भन्ने विषयमा जवाफ दिँदै, ‘अधिकारको कुरा भन्दा कामको कुरा गरौँ न । देश विकासको सुशासनको, समृद्धको काम गर्नुपर्यो । अधिकार अधिकार सधैँ...।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण