पर्साबाट भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा
सोमबार, २६ कात्तिक २०८१, २० : १२
वीरगन्ज । पर्सा प्रहरीले सोमबार ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । झण्डै ८६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले लोड रहेको ट्रकसहित भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार प्रहरीले वीरगन्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकबाट ट्रक नियन्त्रणमा लिएको हो ।
ना६ख ५५१ नम्बरको ट्रकमा भन्सार छलीका सामानहरू बरामद भएकोले पक्राउ गरिएको प्रहरी प्रवक्ता भारती बताउँछन् ।
वीरगन्जबाट कैलालीतर्फ जान लागेको उक्त ट्रकमा बिल बिजकभन्दा बढीका खुद्रा तथा औषधीहरू लोड रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण