इरानी विदेशमन्त्रीले साउदी अरबका युवराज सलमानलाई के भने ?
रियाद । इरानका विदेशमन्त्री अब्बास अरागचीले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । रियादमा हुन लागेको अरब–इस्लामिक राष्ट्रहरुको सम्मेलनका क्रममा यी दुईबिच भेटघाट भएको हो ।
अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक महिनामा दोस्रो पटक मोहम्मद बिन सलमानसँग भेट भएको भनेका छन् ।
‘मैले आफ्ना धेरै समकक्षीहरू (परराष्ट्र मन्त्रीहरू)सँग पनि छलफल गरेको छु । हामी सबैको साझा चिन्ता र साझा हित छ । यस क्षेत्रका महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न सहयोग र समन्वयको महत्त्व हामीले बुझेका छौँ,’ अरगाचीले भने, ‘क्षेत्रीय वार्ता कुनै विकल्प होइन बरु यो आवश्यकता हो । हामी यसमा सहमत छौँ ।’
एकअर्काका प्रतिद्वन्द्वी मानिने साउदी अरबका नेता र इरानका विदेशमन्त्रीबिचको यो भेटलाई निकै महत्त्वपूर्ण मानिएको छ । मध्यपूर्वको गाजा र लेबनानमा इजरायलको निरन्तर आक्रमणका बिच साउदी अरबमा अरब–इस्लामिक राष्ट्रहरूको सम्मेलन हुँदैछ, त्यसैले पनि यसलाई महत्त्वपूर्ण मानिएको हो ।
प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा गर्न र यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने यस सम्मेलनको प्राथमिकता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण