मनै लोभ्याउने मर्दी ट्रेक (तस्बिरहरू)
_oTuNSjWx1b.jpg)
पोखरा । पछिल्ला वर्षहरूमा निकै रुचाइएको पदमार्ग हो मर्दी । छोटो र सजिलो पदमार्ग भएका कारण यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बाक्लो हुन्छ । समय थोरै हुनेहरूका लागि ४ दिनमा सकिने यो ट्रेक सबैभन्दा उत्तम हो । दशक अघिसम्म गाउँलेको गोठ जाने बाटोमा अहिले पर्यटक हिँड्न थालेका छन् ।
उबेलाका गोठहरू होटल बनेका छन् । करिब ४५ सय मिटर उचाइमा रहेको मर्दी बेसक्याम्पसम्म सहज बाटो छ । फरेस्ट क्याम्प (कोकर), रेष्ट क्याम्प हुँदै लो क्याम्प (हुमल) पुगेर पहिलो दिन बास बस्न सकिन्छ । त्यसपछि बादल डाँडामा खाना खाएर हाइक्याम्पमा बास बस्न पुग्छन् पर्यटकहरू ।
भोलिपल्ट मिर्मिरे नहुँदै उठेर सूर्योदय हेर्न पर्यटक भ्यू प्वाइन्टसम्म पुग्छन्, २ घण्टा हिँडेर । त्यहाँबाट बेसक्याम्प पुगेर बिहानको खाना हाइक्याम्पमा खान सकिन्छ । त्यसरात लोक्याम्प झरेर बस्छन् । चौंथो दिन पोखरा सहजै झर्न सकिन्छ ।
स्थानीयहरूले ठाउँ ठाउँमा होटल बनाएर पर्यटकको सेवा गरेका छन् । विकासका पूर्वाधार नपुगेका कारण खाना, पानीजस्ता उपभोग्य सामग्री केही महँगो पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति कोइराला
-
सभामुखको आह्वानमा कानुनमन्त्रीसहित प्रमुख सचेतकहरूको बैठक जारी
-
मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु (तस्बिरहरु)
-
प्रमुख पार्टीमा नेतृत्व परिवर्तन कत्तिको सम्भव ? के भन्छन् नेताहरू ?
-
त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग