मनै लोभ्याउने मर्दी ट्रेक (तस्बिरहरू)
पोखरा । पछिल्ला वर्षहरूमा निकै रुचाइएको पदमार्ग हो मर्दी । छोटो र सजिलो पदमार्ग भएका कारण यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बाक्लो हुन्छ । समय थोरै हुनेहरूका लागि ४ दिनमा सकिने यो ट्रेक सबैभन्दा उत्तम हो । दशक अघिसम्म गाउँलेको गोठ जाने बाटोमा अहिले पर्यटक हिँड्न थालेका छन् ।
उबेलाका गोठहरू होटल बनेका छन् । करिब ४५ सय मिटर उचाइमा रहेको मर्दी बेसक्याम्पसम्म सहज बाटो छ । फरेस्ट क्याम्प (कोकर), रेष्ट क्याम्प हुँदै लो क्याम्प (हुमल) पुगेर पहिलो दिन बास बस्न सकिन्छ । त्यसपछि बादल डाँडामा खाना खाएर हाइक्याम्पमा बास बस्न पुग्छन् पर्यटकहरू ।
भोलिपल्ट मिर्मिरे नहुँदै उठेर सूर्योदय हेर्न पर्यटक भ्यू प्वाइन्टसम्म पुग्छन्, २ घण्टा हिँडेर । त्यहाँबाट बेसक्याम्प पुगेर बिहानको खाना हाइक्याम्पमा खान सकिन्छ । त्यसरात लोक्याम्प झरेर बस्छन् । चौंथो दिन पोखरा सहजै झर्न सकिन्छ ।
स्थानीयहरूले ठाउँ ठाउँमा होटल बनाएर पर्यटकको सेवा गरेका छन् । विकासका पूर्वाधार नपुगेका कारण खाना, पानीजस्ता उपभोग्य सामग्री केही महँगो पर्छ ।
_YwEAnY3We9.jpg)
_lbrJRT4pAk.jpg)
_OK7e88rP2R.jpg)
_Krs7XHWXwV.jpg)
_yIsxzjWysY.jpg)
_hVLnsEgXF3.jpg)
_VmjOyFUpb3.jpg)
_ekPtAZObzZ.jpg)
_k9myy7JNbB.jpg)
_lczv38QW35.jpg)
_x3tyjVj40X.jpg)
_PM2QytNI3f.jpg)
_3tdr3YdtAN.jpg)
_eYPfN45wjL.jpg)
_QYVH9iIxKU.jpg)
_OAk93r0jgY.jpg)
_8Nc5cZxqHN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण