राजनीति
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
शुक्रबार, ०७ मङ्सिर २०८१, २० : ५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
उनले शुक्रबार मस्कसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने चासो देखाएको छ । यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।
स्टारलिंकले विश्वका धेरै मुलुकमा सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यही क्रममा नेपालमा पनि लगानी गर्न कम्पनी इच्छुक रहेको भनिएकै बेला प्रधानमन्त्रीले मस्कसँग वार्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण