यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा (साउनदेखि कार्तिक मसान्तसम्म) सबैभन्दा धेरै आयात हुने १० वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ ।
यो अवधिमा ८८ अर्ब २६करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभाको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रोमा ४९ अर्ब ७ करोड बराबरका फलाम तथा फलामबाट निर्मित सामग्री आयात भएको छ । यसैगरी तेस्रोमा विद्युतीय औजार तथा मेशिन ३६अर्ब ९५ करोड रुपैयाँको, चौथोमा बोइल मेसिन ३६ अर्ब ३५ करोड र पाँचौँमा जलयानका पार्टपुर्जा ३२ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आयातित बस्तु र तिनको खरिदमा खर्च भएको मूल्य
१, पेट्रोलियम पदार्थ – ८८ अर्ब २६ करोड
२, फलाम र फलामबाट निर्मित सामग्री –४९ अर्ब ७ करोड
३, विद्युतीय औजार तथा मेशिन – ३६अर्ब ९५ करोड
४, बोइल मेसिन – ३६ अर्ब ३५ करोड
५, जलयानका पार्टपुर्जा – ३२ अर्ब ७४ करोड
६,तेल घ्यु तथा बोसो – २२ अर्ब २९ करोड
७, प्लास्टिक तथा प्लास्टिकका सामग्री – २१ अर्ब ११ करोड
८, रासायनिक मल – १३ अर्ब ९० करोड
९, तरकारी – १३ अर्ब ८३ करोड
१०, औषधि –१३ अर्ब ३१ करोड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !