मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, १२ मङ्सिर २०८१, १८ : २९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सबै मन्त्रालयहरूबाट एकीकृत रूपमा प्रस्तुतीकरण भएको र मन्त्री तथा सचिवहरूले आफ्ना मन्त्रालयका बारेमा कुरा राखेको बताए ।
मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्रीले झन् गतिका साथ अघि बढ्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । उनले केहि सुधार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण