तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताएका छन् । मोरङको रङ्गेली नगरपालिका–३ मा रहेको रत्नमाध्यमिक विद्यालयको नवनिर्मित भवन आज उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गरे ।
उनले विकासका लागि सबै सरकारको सहकार्य हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा पनि सहकार्य आवश्यक रहेको औँल्याए । सीमित स्रोत रहेका कारण एक्लैले विकास गर्नसक्ने अवस्थासमेत नरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, “अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको छ, अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ ।”
उनले आर्थिक अवस्था खस्किएकाले विकासको काम सोचेजति हुन नसकेको प्रष्ट पार्दै प्रदेश सरकारले आर्थिक क्षेत्रमा सुधारको काम गरिरहेको बताए । मुख्यमन्त्री कार्कीले गत वर्षको तुलनामा यो वर्ष प्रदेशमा १८ प्रतिशतले राजस्व बढेको जानकारी दिए ।
त्यस अवसरमा सार्वजनिक लेखासमितिका सभापति तथा मोरङ क्षेत्र नं २ का सांसद ऋषिकेश पोखरेलले विद्यालय सुधारका लागि समुदाय नै जागरुक हुनुपर्नेमा जोड दिए । रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले विद्यालयमा यातायातका लागि बसको व्यवस्था साथै प्रविधिक शिक्षाका लागि सहयोग गर्न प्रदेश सरकार र सङ्घ सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण